global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ याडिया ओविन नेपालमा सार्वजनिक

याडिया ओविन नेपालमा सार्वजनिक

याडिया ओविन नेपालमा सार्वजनिक

याडियाको इलेक्ट्रीक स्कुटर ओविन नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि याडियाको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले वहुप्रतीक्षित ओविन नेपालमा बिक्री सुरु गरेको हो । कम्पनीले याडिया ओविको आधिकारिक मूल्य २ लाख ३५ हजार रुपैयाँ तोकेको छ ।

तर, दशैं अफरमा २ लाख १० हजार रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ । छुट मूल्य सीमित अवधिसम्म मात्र लागू हुनेछ ।ओविन इटालियन शैलीबाट प्रेरित रेट्रो–मोडर्न डिजाइन र याडियाको अत्याधुनिक प्रविधिको संयोजनमा तयार भएको हो । स्मार्ट सिटी कम्युटिङका लागि निर्मित ओविनमा शक्तिशाली २८०० वाटको इलेक्ट्रीक मोटर छ ।

यसमा २.१६ किलोवाट आवरको एलएफपी ब्याट्री छ । यसले एकपटको फुलचार्जमा १०५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

प्रकाशित समय : २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु