global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ‘संविधानको पूर्ण कार्यान्वयन हुनुपर्छ’

‘संविधानको पूर्ण कार्यान्वयन हुनुपर्छ’

‘संविधानको पूर्ण कार्यान्वयन हुनुपर्छ’

नेपालको संविधान पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा शिक्षा स्वास्थ्यजस्ता आधारभूत कुरा पनि निःशुल्क हुन नसकेको जेनजी पुस्ताले बताएका छन् ।

संविधान दिवस २०८२ का अवसरमा गैरसरकारी संस्था महासङ्घले आज आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा जेनजी र सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताहरूले संविधानमा लेखिएका मौलिक हकका धेरै विषयहरू कार्यान्वयनमै नआएको बताएका हुन् ।

कोशी प्रदेशका जेनजी वार्ता कमिटीका संयोजक उर्पाजन चाम्लिङले गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्न जेनजीको उत्तिकै भूमिका भए पनि संविधानमा भएका मौलिक हक कार्यान्वयन हुन नसक्दा आधारभूत शिक्षा स्वास्थ्यजस्ता विषयसमेत निःशुल्क हुन नसकेको बताए। उनले जेनजीको आन्दोलन भ्रष्टाचारविरुद्ध सुशासन र युवा सहभागिता भएको र आगामी निर्वाचनमा युवा सहभागितालाई सबै दलले ध्यान दिनुपर्ने सुझाव दिए।

जेनजी प्रतिनिधि महेन्द्र चन्दले कलम चलाउने पुस्ताले देशको सुशासन, भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा गोली चलाएपछि सत्ता परिर्वतन हुनेसम्मको अवस्था आएको र यो आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिए । संविधानमा भएका व्यवस्थामात्र राम्रोसँग कार्यान्वयन गरेमा मुलुकमा समानता, समावेशिता र युवा सहभागिता वृद्धि हुने उनको भनाइ थियो ।

जेनजी प्रतिनिधि अजय कार्कीले देश निर्माण गर्ने युवा बेरोजगार भएर विदेश पलायन भइरहेको अवस्था रोक्नका लागि संविधानको अक्षरशः कार्यान्वयन जरुरी भएको बताए। कार्यक्रममा सहभागी जेनजी प्रतिनिधिले संविधानको पूर्ण कार्यान्वयन हुनुपर्ने, राजनीतिमा युवा सहभागिता हुनेपर्ने, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुरा निःशुल्क हुनुपर्ने, देशका युवालाई स्वदेशमा नै रोजगारीको सृजना गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।

प्रकाशित समय : २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु