nmb bank

गृहपृष्ठ उद्योगीहरूलाई उच्च मनोबलका साथ अघि बढ्न मन्त्रालयको आग्रह

उद्योगीहरूलाई उच्च मनोबलका साथ अघि बढ्न मन्त्रालयको आग्रह

उद्योगीहरूलाई उच्च मनोबलका साथ अघि बढ्न मन्त्रालयको आग्रह

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीहरुलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ ।

सोमबार मन्त्रालयका सचिवद्वय डा. रामप्रसाद घिमिरे र कृष्ण बहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुसँग मन्त्रालयमा छलफल गर्दै मुलुकलाई नयाँ ढंगबाट अगाडी बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनीहरुले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

सचिवद्वयले आउँदो चाडपर्वलाई मध्यनजर गर्दै आवश्यक खाद्यान्न लगायतका सामग्रीहरु पर्याप्त मौज्जाद रहेकाले कुनै अभाव नहुने जानकारी गराए । उनीहरुले माग, आपूर्ति र प्रतिकूल प्रभाव पार्ने गरी वस्तु संचित नगर्न, नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, विक्रेता लगायतलाई अनुरोध समेत गरे ।

साथै मन्त्रालयले आपूर्ति व्यवस्थामा ठूलो असर नपर्ने देखिएकोले वस्तुहरु अनावश्यक रुपमा संचित नगर्न सर्वसाधारण समेत आग्रह गरेको छ । परिस्थिति सामान्य बन्दै गएकोले निजी क्षेत्रलाई आफ्ना उद्योग व्यवसाय सूचारू गर्न समेत आह्वान गरेको छ ।

मन्त्रालयले आयात सहज गर्न कोरोला नाका खुल्ला गरिएको तथा सो नाकाबाट ठूलो मात्रामा सामानहरु भित्रिरहेको जानकारी गराउँदै तातोपानी नाका समेत खुलाउन प्रयास भइरहेको जनाएको छ । साथै दक्षिणतर्फका नाकाहरू समेत सूचारू हुँदै गएको पनि जानकारी दिइएको छ ।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु