nmb bank

गृहपृष्ठ रेमिट्यान्स २५ प्रतिशतले बढ्यो

रेमिट्यान्स २५ प्रतिशतले बढ्यो

रेमिट्यान्स २५ प्रतिशतले बढ्यो

साउन महिनामा विदेशमा काम गर्ने नेपालीहरूले पठाउने रेमिट्यान्स २५ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांकअनुसार, रेमिट्यान्ससँगै अन्य सूचकहरू सकारात्मक देखिएका छन् । राष्ट्र बैंकका अनुसार, साउन महिनामा रेमिट्यान्स आप्रवाह अमेरिकी डलरमा २५ प्रतिशत र नेपाली रुपैयाँमा २९.९ प्रतिशतले बढेको छ । सो अवधिमा मात्रै रेमिट्यान्स रकम १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

विदेशमा रहेका कामदारहरूले पठाएको यो रकमले विदेशी मुद्रा सञ्चिति मजबुत बनाउन सहयोग गरेको हो । त्यस्तै, निर्यात पक्षमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । वार्षिक आधारमा निर्यात ९५.७ प्रतिशतले बढेको छ भने आयातमा ११.४ प्रतिशत वृद्धि भएको छ । यसले व्यापार घाटा न्यून रहेको संकेत छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार, मुद्रास्फीति पनि नियन्त्रणमै देखिएको छ । उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक मुद्रास्फीति १.६८ प्रतिशतमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ । यसले १६.६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले बताएको छ । तथ्यांकअनुसार, चालु खाता ७८ अर्ब १४ करोड र शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँ बचत देखिएको छ ।

प्रकाशित समय : १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु