nmb bank

गृहपृष्ठ बन्द भएको सेयर बजार बुधबारबाट खुल्ने

बन्द भएको सेयर बजार बुधबारबाट खुल्ने

बन्द भएको सेयर बजार बुधबारबाट खुल्ने

जेनजी आन्दोलनका कारण बन्द रहेको सेयर बजार बुधबारदेखि खुल्ने भएको छ । देशमा देखिएको परिस्थितिका कारण लगानीकर्तामा देखिएको त्रासमा कारण बन्द गरिएको बजार बुधबारबाट खुल्ने भएको हो ।

परिस्थिति सहज भएकोले बुधबारबाट बजार खुलाउने तयारी गरिएको हो । भदौ २३ र २४ गतेको प्रदर्शनको कारण लगानीकर्ताको मनोबलमा गम्भीर असर पारिरहेको भन्दै सेयर लगानीकर्ता संघहरूले संयुक्त विज्ञप्ति जारी गरेर कारोबार रोक्न माग गरेका सेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले बजार बन्द गर्न माग गरेका थिए ।

धितोपत्र ऐनले बोर्डको निर्देशनमा बढीमा पाँच दिनलाई सेयर बजार बन्द गर्न सक्ने व्यवस्था गरेको छ । यसै आधारमा नेप्सेले भदौ २९ देखि असोज २ गतेसम्म कारोबार रोक्का गर्ने नयाँ निर्णय गरेको थियो ।

प्रकाशित समय : १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु