nmb bank

गृहपृष्ठ नेपाल र फ्रान्सपछि फिलिपिन्सका जनता भ्रष्टाचारको विरोधमा सडकमा

नेपाल र फ्रान्सपछि फिलिपिन्सका जनता भ्रष्टाचारको विरोधमा सडकमा

नेपाल र फ्रान्सपछि फिलिपिन्सका जनता भ्रष्टाचारको विरोधमा सडकमा

नेपाल र फ्रान्सपछि अब फिलिपिन्सका जनता पनि सरकारविरुद्ध सडकमा निस्किएका छन् । राजधानी मनिला र अन्य शहरहरूमा हजारौं मानिसहरू बाढी नियन्त्रण परियोजनाहरूमा भएको ठूलो भ्रष्टाचारको विरोधमा प्रदर्शन गरिरहेका छन्।

पछिल्ला केही हप्तादेखि निरन्तर विरोध प्रदर्शनहरू भइरहेका छन्। आइतबार फिलिपिन्स विश्वविद्यालय क्याम्पसमा करिब ३००० विद्यार्थीहरूले मार्च निकालेका थिए । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले जनता रिसाएकोमा उनलाई कुनै आपत्ति नरहेको बताएका छन् ।

उनले यदि मानिसहरू रिसाएका छन्, निराश छन् र न्यायको माग गरिरहेका छन् भने यो पूर्णतया जायज रहेको उनले बताएका छन् ।

फिलिपिन्समा ३० सांसद र सार्वजनिक निर्माण विभागका अधिकारीहरूलाई घुस लिएको आरोप लगाइएको छ । यस घुस प्रकरणमा राष्ट्रपतिका काका र संसदका सभामुख मार्टिन रोमुआल्डेजको नाम पनि आएको छ । यद्यपि, उनले आरोपहरू अस्वीकार गरेका छन् ।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु