nmb bank

गृहपृष्ठ कर्णाली प्रतिष्ठानको सेवालाई प्रदेशका स्वास्थ्य संस्थासँग जोडौँ

कर्णाली प्रतिष्ठानको सेवालाई प्रदेशका स्वास्थ्य संस्थासँग जोडौँ

कर्णाली प्रतिष्ठानको सेवालाई प्रदेशका स्वास्थ्य संस्थासँग जोडौँ

कर्णाली । कर्णाली प्रदेश सरकार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सेवा प्रवाहलाई प्रदेश सरकारमातहतका स्वास्थ्य संस्थासँग जोड्न सुझाएको छ ।

प्रतिष्ठानका उपकुलपति डा पूजनकुमार रोकाय नेतृत्वको टोलीसँग आज सुर्खेत वीरेन्द्रनगरमा भएको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री भण्डारीले सेवा प्रवाहलाई प्रदेशभर बनाउनुपर्ने बताए । उनले प्रदेश सरकारमातहतका निकाय र जिल्ला अस्पताल एवं स्वास्थ्य संस्थालाई जोडेर सेवा प्रवाह गर्नु नै यहाँका नागरिकलाई स्वास्थ्यमा सहज पहुँच गराउनु हो भने ।

सङ्घीय सरकारद्वारा सञ्चालित प्रतिष्ठान र प्रदेश सरकारमातहतका निकायसँगको सम्बन्धमा देखिएको अन्तरलाई कम गर्ने विषयमा छलफल केन्द्रित गरिएको थिो । यसबाट प्रदेश सरकार र प्रतिष्ठानबीचको आपसी सम्बन्ध निर्माण गर्न तत्परता देखिएको जनाइएको छ ।

छलफलमा स्वास्थ्य अनुसन्धानका लागि सहकार्य, उपचार सेवा प्रवाह, आयुर्वेद स्वास्थ्य सेवाको खोज, अनुसन्धान, जनशक्ति परिचालन र स्रोतसाधनको उपलब्धतालाई बढोत्तरी गर्दै लैजाने सहमति भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु