गृहपृष्ठ मनाङ प्रदेश सभाको उपचुनाव तोकिएकै मितिमा हुने
मनाङ प्रदेश सभाको उपचुनाव तोकिएकै मितिमा हुने
रूपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा तोकिएको उपनिर्वाचन रद्द भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबार उपनिर्वाचन गर्ने निर्णय भएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति तोकेपछि उपनिर्वाचनका बाँकी सम्पूर्ण कार्यक्रम रद्द गरिएको आयोगले जनाएको हो ।
निर्वाचन आयोग सोमबार बसेको बैठकले उक्त निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
प्रकाशित समय : १८:०१ बजे



















