काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कैलाली भन्सार कार्यालयद्वारा आजदेखि नियमित सेवा सञ्चालन

2.42K
shares

जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आजदेखि नियमित सेवाप्रवाह सञ्चालन गरेको छ ।

क्षतिग्रस्त भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्न समय लाग्ने भएकाले सवारीसाधन पार्किङ र गाडी मर्मतका लागि प्रयोग हुँदै आएको भवनबाट सेवाप्रवाह सञ्चालन गरिएको हो । भन्सार कार्यालयको पश्चिम–दक्षिण प्रवेशद्वारमा रहेको भवनबाट सीमित साधन स्रोतबाट सेवा सञ्चालन गरिएको भन्सार कार्यालयले जनाएको छ । सो भवनबाट बैंकको काउन्टर, आयातनिर्यातको स्वीकृतिलगायतको काम हुँदै आएको भन्सार कार्यालयका सूचना अधिकारी खेमप्रसाद अर्यालले बताए।

भन्सार कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट प्रशासनिक भवन, कर्मचारी निवास, सवारीसाधन, महत्वपूर्ण फाइलहरू, तथ्याङ्कलगायत सामग्री नष्ट भएको उहाँले जानकारी दिए । उनले भने, “हामीसँग उपलब्ध भएका स्रोतसाधनको प्रयोगमार्फत कार्यालय सञ्चालन गरी सो भवनबाट सेवा प्रारम्भ गरेका छौँ ।”

कैलाली भन्सार कार्यालयले आयातनिर्यातको काम आजदेखि पुनःसञ्चालन गरेको छ । नेपाल आयलनिगम धनगढीको आग्रहमा पेट्रोलियम पदार्थका ट्याङ्कर भने बिहीबार नै धनगढी आयात गरिएको थियो । आजदेखि अन्य अतिआवश्यक वस्तुको आयात तथा निर्यातको काम कैलाली भन्सार कार्यालयले पूर्ण रुपमा सञ्चालन गरिएको सूचना अधिकारी अर्यालले जानकारी दिए । आजमात्रै भारतबाट सो भन्सार भएर २५ वटा मालबहाक गाडी भित्रिएको कार्यालयले जनाएको छ ।