global ime bank Long Banner Ad

गृहपृष्ठ काभ्रे प्रशासनद्वारा कर्फ्यूको समय लम्ब्याइयो

काभ्रे प्रशासनद्वारा कर्फ्यूको समय लम्ब्याइयो

काभ्रे प्रशासनद्वारा कर्फ्यूको समय लम्ब्याइयो

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कर्फ्यूृको समयलाई आज पनि निरन्तरता दिएको छ । समय थप गरी जारी कर्फ्यू आदेशमा आज बिहान १० देखि साँझ ५ बजेसम्म र पुनः साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालद्वारा हस्ताक्षरित कर्फ्यू आदेशमा स्थानीय प्रशासन ऐनबमोजिम जिल्ला सुरक्षा समितिको आज बिहानको निर्णयानुसार जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । आदेशमा जिल्लाभर पाँच जनाभन्दा बढी मानिस जम्मा हुन, आवतजावत गर्न, कुनै पनि प्रकारको भेला–जुलुस प्रदर्शन, सभा र घेराउ गर्न नपाउने उल्लेख गरिएको छ ।

यस्तै, अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शववाहन, औषधि, दूध र तरकारी बोक्ने सवारीसाधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पर्यटक र अन्तरराष्ट्रिय हवाई टिकट भएका यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने ढकालले बताए ।

यसअघि जिल्लामा सोमबार राति १० बजेदेखि पटकपटक समय थप गरी आज बिहान ६ बजेसम्म कर्फ्यू आजेश जारी गरिएको थियो । स्थानीय प्रशासनद्वारा कर्फ्यू आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न परिचालन भएका हुन् ।

प्रकाशित समय : १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु