जेन–जी पुस्ताका आन्दोलनकारीलाई धैर्यतापूर्वक परिस्थिति सहज बनाउन प्रचण्डको आग्रह
वि.सं.२०८२ भदौ २३ सोमवार १७:४३
shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी पुस्ताका आन्दोलनकारी युवापुस्तालाई धैर्यतापूर्वक परिस्थिति सहज बनाउन आग्रह गरेका छन् ।
गोरखा जिल्लाको आरूघाट गाउँपालिका–९, विधुत चोकमा आयोजित जनसंवाद कार्यक्रममा बोल्दै प्रचण्डले गर्दै भ्रष्टाचार विरुद्ध, सुशासन, सामाजि कन्याय र समृद्धिको पक्षमा एकजुट भएर अघिबढ्न अपिल गरे ।
उनले भने,‘म जेन जी पुस्ताका आन्दोलनकारी भाइ–बहिनीहरूलाई परिस्थिति सहज बनाउन धैर्यपूर्वक अघिबढ्न अपिल गर्दछु। तपाईहरूको मुद्दा र हाम्रामुद्दा समानछन् ।’जनसंवाद कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यार्थी, पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
काठमाडौं सहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) ले जनतासँगमा ओवादी मध्यपहाडी (पुष्पलाललोक मार्ग) जनजागरण अभियान स्थगित गरेको छ ।























