global ime bank Long Banner Ad

गृहपृष्ठ एडिबीको सहयोगमा बडिमालिकामा पदमार्ग निमार्ण गरिँदै

एडिबीको सहयोगमा बडिमालिकामा पदमार्ग निमार्ण गरिँदै

एडिबीको सहयोगमा बडिमालिकामा पदमार्ग निमार्ण गरिँदै

सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र बडिमालिकामा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पदमार्ग निमार्ण गर्न लागेको छ ।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा प्रदेश सरकारले पर्यटकको सहजताका लागि पूर्वाधार निमार्ण गर्न लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले एडिबीसँगको सम्झौताअनुसार बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्ण गर्न लागेको हो ।

प्रवक्ता श्रेष्ठले प्रदेश सरकारले धार्मिक पर्यटनमा जोड दिएको बताउँदै एसियाली विकास बैंकको २२ करोड सहयोगमा पर्यटन पूर्वाधार निमार्ण गरिने जानकारी दिए । “बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्णका लागि चालु आर्थिक वर्षमा सात करोड बजेट आएको छ”, उनले भने, “गत वर्ष पनि उक्त क्षेत्रमा एक करोड २५ लाख खर्च गरेर पदमार्ग र विश्रामगृह निमार्ण गरेका थियौँ ।”

प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि होटेल व्यवसायी, होमस्टे (घरबास) प्रवर्द्धन र पर्यटक पथप्रदर्शकलाई तालिमको व्यवस्था गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनका अनुसार पर्यटकको सहजताका लागि कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकामा हेल्पडेस्क (सहायता कक्ष) सञ्चालनमा छन ।

प्रकाशित समय : १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु