global ime bank Long Banner Ad

गृहपृष्ठ एएफसी यू–२३ एसियन कप छनोट : पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

एएफसी यू–२३ एसियन कप छनोट : पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

एएफसी यू–२३ एसियन कप छनोट : पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ।

बुधबार राति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को खेलमा नेपाल आयोजक टोली ताजकिस्तानसँग ४–० गोलअन्तरले पराजित भएको हो।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई गोल गरे भने रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक–एक गोल गरेका थिए।

समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले हराएको थियो। नेपालले अब आफ्नो दोस्रो खेल आगामी शनिबार सिरियासँग खेल्नेछ।

प्रकाशित समय : ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु