global ime bank Long Banner Ad

गृहपृष्ठ डडेलधुरामा जीप दुर्घटना : ४ जनाको मृत्यु

डडेलधुरामा जीप दुर्घटना : ४ जनाको मृत्यु

डडेलधुरामा जीप दुर्घटना : ४ जनाको मृत्यु

डडेलधुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

जिल्लाको नवदुर्गा गाउँपालिका–५ को चौडस्थित कच्ची सडक खण्डमा आज बिहान सवा ९ बजे भएको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । त्यस्तै उक्त जीप दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा कम्तीमा पनि चार जना घाइते अवस्थामा रहेको भनिएको छ । तर यकिन हुन सकेको छैन । घाइतेहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ ।

प्रकाशित समय : ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु