गृहपृष्ठ सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला
सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा सर्वसाधारणले समेत आवेदन दिन सक्ने छन् ।
अरुण भगतको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता ११६ रुपैयाँ र यदुनाथ घिमिरेको नाममा रहेको ५४ हजार ८११.५७ कित्ता संस्थापक शेयर प्रतिकित्ता १२० रुपैयाँमा न्यूनतम मूल्यमा बिक्रीमा ल्याइएको हो ।
आवेदकले न्यूनतममा संस्थापक भगत र घिमिरेले तोकेको मूल्य वा त्यो भन्दा बढी मूल्य तोकेर बोलकबोल मार्फत आवेदन दिनु पर्नेछ ।
प्रकाशित समय : ११:४० बजे


















