काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कवि डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ आउँदै

3.34K
shares

मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ यही भदौ २० गते सार्वजनिक हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा ‘कल्प’ सार्वजनिक हुन लागेको लम्सालले जानकारी दिए ।

डा. लम्सालका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित छन् । लेख्नैका लागि रेडियो नेपालको निर्देशक तहको जागिर छोडेका डा लम्सालले ‘कल्प’का लागि झण्डै पाँच वर्ष खर्चेको बताए ।

महाभारतका पात्र कर्णलाई नायकत्व दिएर लेखिएको कर्ण, देशको बहुलता र वैचारिक परम्परामाथि केन्द्रित धरा, आरनबाट उठेको सीपमा देशको इतिहास कुँदिएको अग्निपछि सार्वजनिक हुने कल्पलाई विशेष प्रतीक्षाका साथ हेरिएको छ ।

कल्प शिखा बुक्सले प्रकाशन गरेको हो । शिखा बुक्सका पुष्पराज पौडेलका अनुसार कल्पमा वैश्विक चेतना भेट्न सकिन्छ । “कल्प नेपाली कविले विश्वका महत्वपूर्ण घटनाक्रम र त्यसबाट मान्छेमाथि परेको प्रभाव कस्तो हुन्छ भनेर आकलन गरे लेखेको काब्य हो”, उनले भने, “विषयवस्तु, भाषा र शैलीका हिसाबले कल्प नयाँ हुनेमा मेरो विश्वास छ ।” उनले कल्पले आजको विश्वको समस्यामाथि बहस प्रारम्भ गर्नेमा विश्वास व्यक्त गरे ।

सूचना, समाचार र साहित्यिक कर्मका लागि रेडियो नेपालमा ३० वर्ष र बिबिसीमा १० वर्ष बिताएका डा लम्साल विगत ४० वर्षदेखि गीत र कविता लेखनमा क्रियाशील छन् । लम्सालको यो चौथो महाकाव्य र नवौँ कृति हो । डा लम्सालले अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार प्राप्त गरेको थियो ।