काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नमस्ते पे अब नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक

2.31K
shares

नमस्ते पे नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक बनेको छ । यस सम्बन्धमा नेपाल टेलिकम र नमस्ते पेबीड एनडीएमा हस्ताक्षर भएको छ ।

यस अनुसार, खुद्रा व्यापारी तथा पीओएस आउटलेटहरूले नेपाल टेलिकम सिम कार्ड बिक्री गर्दा ग्राहकको केवाईसी विवरण स्वीकृत भएपछि एक हप्ताभित्रै आफ्नो कमिशन नमस्ते पे वालेट मार्फत प्राप्त गर्न सक्नेछन् ।

नेपाल टेलिकमले यस सेवाको जिम्मेवारी आफ्नो सहायक संस्था नेपाल डिजिटल पेमेन्ट्स लिमिटेड (नमस्ते पे) लाई दिएको हो ।

नमस्ते पेले खुद्रा व्यापारी भुक्तानी प्रक्रियालाई सजिलो, पारदर्शी र छिटो बनाउन यो पहल ल्याएको बताइएको छ । साथै, आम्दानी कर ऐन अनुसार आवश्यक कर कटौती भदौ २०८२ देखि भुक्तानी प्रक्रिया सम्पन्न हुनेछ ।

डिजिटल भुक्तानीलाई अझ सुलभ र सुरक्षित बनाउनका लागि सुरु गरिएको नमस्ते पेमा रिचार्ज, बिल भुक्तानी, रकम स्थानान्तरण, व्यापारी भुक्तानी लगायतका सुविधा उपलब्ध छन्। प्रयोगकर्ताले *500# डायल गरेर USSD सेवामार्फत पनि यी सुविधा लिन सक्नेछन्।