global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पर्यटन प्रवर्द्धनमा अनुसन्धानलाई प्राथमिकता

पर्यटन प्रवर्द्धनमा अनुसन्धानलाई प्राथमिकता

पर्यटन प्रवर्द्धनमा अनुसन्धानलाई प्राथमिकता

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताएको छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेप्लिज मार्केटिङ एसोसियसनका सचिव डा सुशील अवालेले ‘नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ विषयमा गरेको विद्यावारिधि (पीएचडी)को अनुसन्धानबारे छलफलमा आज एक छलफल आयोजना गरिएको थियो ।

सो छलफलमा उनले भने, “बोर्डले तथ्य र अनुसन्धानमा आधारित नीतिहरूमार्फत मात्र नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने कुरामा ध्यान केन्द्रित गरेको छ ।” नेपाल पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडलमा आधारित संस्था भएको उल्लेख गर्दै सिईओ जोशीले विगत २७ वर्षदेखि नेपाललाई विश्वस्तरको प्रमुख पर्यटक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित काम गर्दै आएको बताए ।

उनले भने, “बजार प्रवर्द्धन केवल प्रचारप्रसारमा मात्र सीमित नराखी अनुसन्धानलाई प्राथमिकतामा राख्न आवश्यक छ ।”

यस अवसरमा डा. अवालेले आफ्नो पीएचडी अनुसन्धानमा आधारित प्रस्तुतिकरणसमेत गरेको थियो । उनले नेपालको पर्यटन आगमन, खर्च गर्ने प्रवृत्ति, गन्तव्य रोजाइ र नीतिगत कमजोरीलगायतका विषयमा विस्तृत तथ्याङ्क प्रस्तुत गरे ।

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु