गृहपृष्ठ फिलिपिन्समा शैलिशाले जितिन् ‘एपीएसडीए अवार्ड–२०२५’

फिलिपिन्समा शैलिशाले जितिन् ‘एपीएसडीए अवार्ड–२०२५’

फिलिपिन्समा शैलिशाले जितिन् ‘एपीएसडीए अवार्ड–२०२५’

आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा इन्टेरियर डिजाइन संकाय शैक्षिक प्रमुखका रुपमा कार्यरत शैलिशा शाक्य ‘एपीएसडीए अवार्ड–२०२५’बाट सम्मानीत भएकी छन् ।

हालै एसिया प्यासिफिक स्पेश डिजाइनर एशोसिएसन ‘एपीएसडीए’ले फिलिपिन्समा आयोजना गरेको ‘एपीएसडीए अवार्ड’ समारोहमा शैलिशाले उक्त अवार्ड हासिल गरेकी हुन् । उक्त अवार्डमा नेपालबाट प्रतिनिधित्व गर्ने शैलिशा एक्ली हुन् । यससँगै शैलिशा इन्टेरियर डिजाइनिङसम्बन्धी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बनेकी छन् ।

यसअघि कुनै पनि नेपाली इन्टेरियर डिजाइनरले यस्तो अवार्डमा सहभागिता जनाएको पाइएको छैन । शैलिशा विगत ८ वर्षदेखि इन्टेरियर डिजाइनिङ क्षेत्रमा सक्रिय छिन् ।

पछिल्लो समय आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा शैक्षिक प्रमुखका रुपमा कार्यरत उनी ‘इनडिजाइन सोलुशन’ र ‘द पोष’ सञ्चालन गर्दै आएकी छन् । द पोषले ब्यागहरुको डिजाइन तथा उत्पादन गर्दै आएको छ ।

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु