काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टोटन ह्यामलाई हराउँदै पीएसजीले जित्यो पाँचौं यूइएफए सुपर कपको उपाधि

2.84K
shares

टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले यूइएफए सुपर कप २०२५ को उपाधि जितेको छ । हिजो भएको खेलमा युरोपा लिग विजेता टोटनह्याम ४–३ पराजित भयो ।

स्टाडियो फ्रिउली (उडिने) मा भएको खेलको ८५ औं मिनेटसम्म टोटनह्याम २–० ले अघि थियो । तर, पीएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भयो । ८६ औं मिनेटमा ली काङ–इनले कुनामा प्रहार गर्दै गोल अन्तर घटाए ।

इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २–२ मा पुर्‍याए । पेनाल्टी सुटआउटमा सुरुमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २–० ले अघि थियो । तर, मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए र पीएसजीले लगातार चार पेनाल्टी सफल पार्‍यो ।