ब्राउन सुगरसहित काठमाडौंको बानेश्वरबाट दुई युवा पक्राउ
वि.सं.२०८२ साउन २६ सोमवार २०:३९
shares

सशस्त्र प्रहरीले काठमाडौं महानगरपालिका-३१ बानेश्वरस्थित बासुकी मार्गबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोले सोमबार साँझ धनकुटाको पाख्रीबास नगरपालिक-५ बस्ने ३१ वर्षीय डिल्लीबहादुर कटुवाल र झापाको भद्रपुर नगरपालिका-२ बस्ने ३० वर्षीय शैलेश थापा मगरलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट लागुऔषध ब्राउन सुगर अन्दाजी ३०.१५ ग्राम, गाँजा तीन पोका, ब्राउन सुगर जोख्न प्रयोग भएको तराजु १ थान, मोबाइल ३ थान तथा मोटरसाइकल बरामद गरेको छ ।
























