काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

खोलामा डुबेर कैलालीमा एक बालकको मृत्यु

1.35K
shares

कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

आज दिउँसो गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१ थपालीपुरका नौ वर्षीय बालक रोशन बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले गर्मी छल्नको तीन जना साथीहरूसँग नुहाउन गएकामा बालकको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।