गृहपृष्ठ बिप्लव नेतृत्वको नेकपाले एमसीसीबिरूद्द साउन ३० गते प्रदर्शन गर्ने
बिप्लव नेतृत्वको नेकपाले एमसीसीबिरूद्द साउन ३० गते प्रदर्शन गर्ने
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बिरोध गर्ने भएको छ ।
अमेरिकन सहयोग एमसीसी परियोजनाविरुद्ध देशभर नेकपाले विरोध प्रदर्शन गर्ने भएको हो ।
नेकपाको एमसीसी सरोकार समितिका संयोजक भरत सीले साउन ३० गते देशका मुख्य सहरमा एमसीसी विरुद्ध जनप्रदर्शन गर्न लागेको जनाएका छन्।
‘एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन् । परिमार्जनबिना जबरजस्ती पुनः एमसीसी लाद्नु घातक छ । एमसीसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसङ्घर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौं,’ बिज्ञप्तिमा भनिएको छ।
प्रकाशित समय : १५:४६ बजे


















