गृहपृष्ठ सुदूरपश्चिम सरकारले आगामी मङ्सिरमा लगानी तथा विकास सम्मेलन आयोजना गर्ने

सुदूरपश्चिम सरकारले आगामी मङ्सिरमा लगानी तथा विकास सम्मेलन आयोजना गर्ने

सुदूरपश्चिम सरकारले आगामी मङ्सिरमा लगानी तथा विकास सम्मेलन आयोजना गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन कार्यकारी समितिको प्रस्तावअनुसार आज यहाँ बसेकोे मन्त्रिपरिषद्को बैठकले मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्ने निर्णय गरेको हो ।

यसअघि असोज १ र २ गते गर्ने भनिएको सम्मेलन विविध कारणले सारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले विसं २०८२ को अट्वारी पर्वको सार्वजनिक बिदा भदौ ८ गते आइतबार हुनेगरी संशोधन गरेको छ । बैठकले यसअघि प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा साउन २५ का लागि दिइएको उक्त बिदा भदौ ८ गते हुनेगरी संशोधन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको हो ।

यो पर्व विशेषगरी पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले मनाउने गरेका छन् ।

प्रकाशित समय : २२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु