global ime bank Long Banner Ad

गृहपृष्ठ कोदो प्रवर्द्धनका लागि राष्ट्रिय कोदो दिवसः कृषिमन्त्री अधिकारी

कोदो प्रवर्द्धनका लागि राष्ट्रिय कोदो दिवसः कृषिमन्त्री अधिकारी

कोदो प्रवर्द्धनका लागि राष्ट्रिय कोदो दिवसः कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कोदोको प्रवर्द्धनका लागि प्रथम राष्ट्रिय कोदो दिवस घोषणा गरी मनाउन सुरुवात गरिएको बताएका छन ।

नेपाली कांग्रेसको व्यावसायिक सीप विकास विभागको आयोजना पार्टीको केन्द्रीय कार्यालयमा आज आयोजित प्रथम राष्ट्रिय कोदो दिवस कार्यक्रममा उनले पहिले गरिबले खाने भनेर चिनिएको कोदो अहिले धनीको खानामा परिणत भएको बताए । उनले भने, “धनीले खाने भनेर चिनिएको धान दिवस मनाउन हुने तर गरिबले खाने भनिएको कोदो दिवस किन नमनाउने भनेर राष्ट्रिय कोदो दिवस मनाउने निर्णय सरकारले गरेको हो ।”

उनले कोदो उत्पादनका लागि रासायनिक मल प्रयोग गर्नुनपर्ने उल्लेख गरेका छन । मन्त्री अधिकारीले कोदोको परिकार स्वास्थ्यका लागि लाभदायक रहेको बताए । उनले हिमालमा पाइने याकको संरक्षणका लागि याक दिवस र पहाडमा पाइने कोदोको प्रवर्द्धनका लागि कोदो दिवसको सुरुआत गरेको बताउँदै नेपाली कांग्रेसको नेतृत्वमा भएको असल अभ्यासका रूपमा यी दुवै कार्यहरूको पहिचान कायम रहने धारणा राखे ।

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु