global ime bank Long Banner Ad

गृहपृष्ठ भारतसहित ८ देशमाथि भोलिदेखि ट्रम्पको भन्सार शुल्क लागु हुँदै

भारतसहित ८ देशमाथि भोलिदेखि ट्रम्पको भन्सार शुल्क लागु हुँदै

भारतसहित ८ देशमाथि भोलिदेखि ट्रम्पको भन्सार शुल्क लागु हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार सम्हालेदेखि नै विश्व बजारमा ठूलो हलचल मच्चाएका छन्।

उनले कुनै पनि साझेदार देशसँग व्यापार घाटा स्वीकार नगर्ने भन्दै व्यापार सम्झौतामा पुनरावलोकनको दबाब दिएका छन्। धेरै देशलाई सन्धिमा पुनः सहमतिमा पुग्न एक अगस्टसम्मको समयसीमा दिएका थिए। केही देशसँग सम्झौता गरेर भन्सार शुल्क घटाएका छन् भने सम्झौता नभएका देशमाथि उच्च भन्सार कर लगाएका छन्।

भोलिदेखि कर लागु हुने देशहरूमध्ये भारत पनि पर्छ। ट्रम्पले भारतबाट हुने आयातमा २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। यस्तै, रूससँगको व्यापारबापत थप प्रतिबन्धको चेतावनी पनि दिएका छन्।

एक अगस्टदेखि लागु हुने कर अनुसार, भारतमा २५ प्रतिशत, मेक्सिकोमा ३० प्रतिशत, क्यानडामा ३५ प्रतिशत, इराकमा ३५ प्रतिशत, मोल्डोभामा २५ प्रतिशत, लिबियामा ३० प्रतिशत, अल्जेरियामा ३० प्रतिशत, र ब्रुनेईमा २५ प्रतिशत भन्सार कर लागु हुनेछ।

यसैबिच, ट्रम्पले बुधबार ब्राजिलमाथि ५० प्रतिशत भन्सार शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ब्राजिलका पूर्व राष्ट्रपति तथा ट्रम्पका निकट मित्र जायर बोल्सोनारोमाथि विद्रोहको आरोपमा मुद्दा चलाइएकोमा ट्रम्प असन्तुष्ट देखिएका छन्।

प्रकाशित समय : ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु