काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कोशी प्रदेशसभाः खानेपानी तथा सरसफाइ विधेयकमाथि छलफल

1.94K
shares

कोशी प्रदेशसभाको आज बैठकमा ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ माथि प्रतिवेदनसहित छलफलका लागि प्रस्ताव पेस गरिएको छ ।

प्रदेशका  खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड (क) बमोजिम छलफलका लागि प्रस्ताव सभामा पेस गर्नुभयो । प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले छलफलका लागि प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेस गर्दा सर्वसम्मतले पारित भएको हो ।

छलफलमा भाग लिँदै प्रदेशसभाका सदस्य किशोरचन्द्र दुलालले नेपालको संविधानले नागरिकलाई खानेपानी तथा सरसफाइ प्राप्त गर्ने मौलिक अधिकार दिएकाले प्रदेश सरकारले पनि नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

प्रदेशसभाको अर्को बैठक यही साउन १६ गते दिउँसो १ बस्ने सभामुख बिष्टले सदनसमक्ष जानकारी गराए