global ime bank Long Banner Ad

गृहपृष्ठ युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’

युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’

युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’

पोखरामा पहिलो पटक ‘आरयु फेष्ट’ हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत आरयु फेष्ट गर्न लागिएको हो ।

यही साउन १६ र १७ गते पोखराको इभेन्ट सेन्टरमा फोहोरलाई खजाना (मोहोर) बनाउने मूलमन्त्रसहित यो महोत्सव आयोजना गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी जानकारी दिए । उनले पोखरासहित मुलुकको हरित विकासका लागि एक नवीनतम् प्रयासका रूपमा महोत्सव स्थापित हुने अपेक्षा व्यक्त गरे।

महोत्सवले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्य राखेको नगरप्रमुख आचार्यले बताए । “दैनिक जीवनमा प्रयोगहीन सामग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जनासहित चक्रीय अर्थतन्त्रको निर्माणमा महोत्सवले नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्नेछ”, उनले भने, “यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्नेछ ।” महोत्सवमा रिसाइक्लिङ र अपसाइक्लिङसम्बन्धी नेपालको मौलिक सीप, दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदानप्रदान गरिने उनले बताए ।

नगरप्रमुख आचार्यका अनुसार देशभरिका नवप्रवर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टू रोड प्रविधिमाथि संवाद, युवाका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरूलगायत विषयहरूमाथि चर्चा परिचर्चा हुनेछ ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु