global ime bank Long Banner Ad

गृहपृष्ठ मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउन अदालतको आदेश

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउन अदालतको आदेश

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं जिल्ला अदालतले बलात्कारका अभियुक्त मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

मंगलबार उनीविरुद्ध अभियोजन दर्ता गरिएको थियो । यसपछि बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

एक महिलाले आफूमाथि अहिराजले बलात्कार गरेको आरोप लगाएकी छन् । प्रहरीले ९ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गरेपछि मंगलबार अभियोजन दर्ता गरेको थियो ।

 

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु