गृहपृष्ठ सिँचाइका लागि बिजुली प्रतियुनिट तीन रुपैयाँ मात्र : प्रधानमन्त्री
सिँचाइका लागि बिजुली प्रतियुनिट तीन रुपैयाँ मात्र : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ मात्र विद्युत् शुल्क तोकिएको जानकारी गराएका छन ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सुक्खाग्रस्त मधेश प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको समेत जानकारी गराए।
“तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको छ । सिँचाइका लागि किसानलाई प्रति युनिट बिजुलीको तीन रुपैयाँ मात्र लाग्ने छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन।
प्रकाशित समय : १८:०१ बजे



















