global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न विक्री

खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न विक्री

खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न विक्री

मुगु । खाद्य व्यवस्था तथा व्यापार कमपनी लिमिटेडले मुगुमा एकवर्षमा १२ करोड ८७ लाख रुपैयाँको खाद्यान्न विक्री गरेको छ । पछिल्लो समय मुगुमा सडक सञ्जालको विस्तार राम्रो भएसँगै सरकारको स्वामित्व रहेको खाद्य कम्पनीले यहाँ पर्याप्त मात्रामा खाद्यान्न पठाउने गरेको छ ।

मुगुस्थित खाद्य कम्पनीको शाखा कार्यालय, खत्याड डिपो, सोरुकोट डिपो, पुलु डिपो र विक्री केन्द्र रातापानी, कालै सहकारीमार्फत आव २०८१/८२ को अन्त्य सम्म १२ करोड ८७ लाख ४९ हजार १५२ रुपैयाँ बराबरको १६ टन खाद्यान्न विक्री गरिएको हो । खाद्यले चामल, तेल, दाल, चीनि लगायत खाद्यान्न विक्री गरेको जनाएको छ ।

गत वर्ष भन्दा पछिल्ला वर्षहरुमा संस्थानको खाद्यान्न बढी विक्री भएको वार्षिक अभिलेखमा देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका प्रमुख केशव गिरीले बताएका छन ।

बजारको खाद्यान्न भन्दा खाद्यले बेच्ने खाद्यान्नको मूल्य सस्तो पर्ने भएकाले दैनिक करिब १५० जना सम्म खाद्यान्न खरिद गर्न आउने गरेका खाद्य गिरीले बताए ।

उनका अनुसार हाल खाद्य गोदाममा करिब ३ टन खाद्यान्न मौज्दात रहेको छ । जिल्लामा सबैभन्दा बढी स्टीम जिरा मसिनो चामल, अरुवा मोटा, भिटा मिषण चामलको बढी माग रहेको छ ।

कुनैबेला सरकारले चामल पठाउन नसक्दा भोकमरी हुने मुगु जिल्लाका विभिन्न स्थानहरुमा यतिबेला खाद्यान्न सहज भएसँगै स्थानीयहरुलाई सहज वातावरण सिर्जना भएको छ ।

स्थानीय बजारमा भन्दा खाद्य कम्पनीबाट सस्तो मूल्यमा खाद्यान्न खरि गर्न पाउँदा स्थानियवासीहरुलाई सहज भएको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १३ का सर्जन बढुवालले बताएका छन ।

यहाँका अधिकांश स्थानीयहरुले आफैंले उब्जाएको अन्नले वर्षमा ४-५ महिना मात्रै खान पुग्ने भएकाले उनीहरु खाद्य कम्पनीले बेचने गरेको सहुलियत सहितको खाद्यान्नमा भरपर्ने गरेका छन् ।

प्रकाशित समय : १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु