काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बैंकिङ प्रणालीबाट ८० अर्ब उठाउँदै राष्ट्र बैंक

2.16K
shares

नेपाल राष्ट्र बैंकले आज (बुधबार) बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ उठाउने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर आज ८० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ’क’, ’ख’ र ’ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

५६ दिने निक्षेप असोज १ गते साँवा र ब्याज भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ ।