काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कसैले चाहँदैमा पार्टीको अस्तित्व समाप्त नहुने नेपालको दाबी

1.31K
shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैले चाहँदैमा आफ्नो पार्टीको अस्तित्व समाप्त नहुने धारणा राखेका छन ।

पुष्पलाल स्मृति प्रतिस्ठानद्वारा आज कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको प्रेरणाबमोजिम अघि बढ्नुपर्ने उनले बताए ।

पुष्पलालले तत्कालीन सामाजिक परिस्थितिको सही विश्लेषण गरेको उल्लेख गर्दै उनले आफूले पनि नेकपा (एमाले)को नेतृत्व गर्दा सही विश्लेषण गरी गणतन्त्रमा जाने निर्णय गरेको जानकारी दिए ।

“त्यतिबेला उक्त निर्णयविरुद्ध धारणा राख्नेहरू थिए”, उनले भने, “त्यसअघि मदन भण्डारीले पनि परिस्थितिलाई ठीक ढङ्गले बुझ्नुभएको थियो । तपाईँहरूले पनि ठिक ढङ्गले बुझ्नुपर्छ । निराशा फैलाउने काम कसैले गर्नु हुँदैन ।”