काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

उपसभामुख इन्दिरा राना ६ दिने चीन भ्रमणमा

2.46K
shares

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा गएकी छन्।

मङ्गलबार राति चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गरेकी सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने सम्मिलित छन्।

उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म चीनको हेनान प्रान्तमा आयोजना हुने ‘साङ्घाई कोअपरेशन फोरम मिडिया एन्ड थिङ्क ट्यांक समिट’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी हुन्। सो कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङ्झाउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नेछिन्। उपसभामुख राना यही साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।