काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

2.07K
shares

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ९० पैसा र बिक्री दर १३८ रुपैयाँ ५० पैसा तोकिएको छ।

अन्य युरोपेली युरो, पाउन्ड स्टर्लिङ, र अन्य देशका मुद्राहरूको विनिमय दर पनि तोकिएको छ।
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९० रुपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८१ पैसा र बिक्रीदर १०१ रुपैयाँ २५ पैसा, तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।