अन्तर स्कुल क्रिकेट प्रतियोगिता हुँदै
वि.सं.२०८२ साउन ६ मंगलवार १८:२९
shares

काठमाडौं । क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस)को आयोजनामा आगामी नोभेम्बरमा अन्तर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएअनुसार क्युकेएस अन्तर स्कुल क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी नोभेम्बर २० मा धुम्बाराही क्रिकेट मैदानमा सुरु हुनेछ ।
प्रतियोगिताका सहभागीले आफ्नो स्कुलमा अध्ययनरत विद्यार्थीबाट छात्र तथा छात्रा जसलाई पनि टिममा समावेश गर्न पाउने व्यवस्था राखिएको आयोजकले जानकारी गराए । प्रतियोगिताका सबै खेलहरू १० ओभरका हुनेछन् ।
प्रतियोगितामा क्युकेएसको छातामुनि रहेका २५ स्कुलमध्ये १६ टिमको सहभागिता अपेक्षा गरिएको छ ।






















