काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सिन्धु विकास बैंकको खुद नाफा २८७.६० प्रतिशतले बढ्यो

1.87K
shares

सिन्धु विकास बैंकको खुद नाफा २८७.६० प्रतिशतले वृद्धि भएको छ । विकास बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा २८७.६० प्रतिशतले बढाएको हो ।

बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा ३ करोड ४ लाख रुपैयाँ थियो।

नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक नै छ । चालु आवको बैंकको वितरणयोग्य मुनाफा २० करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको देखिन्छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशतले घटेर १३ करोड ३७ लाख कायम भएको भने संचालन आम्दानी पनि ३०.४९ प्रतिशतले घटेर १५ करोड ६ लाख कायम भएको छ। कम्पनीको संचालन नाफा ४१७.३९ प्रतिशतले बढेर १५ करोड ३५ लाख पुगेको छ ।

यस विकास बैंकको रिजर्भमा १३ करोड ३४ लाख रहेको छ भने ५ अर्ब ६८ करोड निक्षेप संकलन गरेको छ । कर्जा भने ३ अर्ब २५ करोड कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी २१.१५ रुपैयाँ, प्रति शेयर नेटवर्थ ८६.७ रुपैयाँ र कम्पनीको खराब कर्जा ६.०३ प्रतिशत रहेको छ।