इजरायली सेनाले हाम्रा कर्मचारीमाथि आक्रमण गर्याे : विश्व स्वास्थ्य सङ्गठन
वि.सं.२०८२ साउन ६ मंगलवार १०:३४
shares

इजरायलको आक्रमण चलिरहँदा गाजामा मानवीय सङ्कट झन बढ्दै गएको छ । इजरायलीसेनाको आक्रमणबाट दैनिक जसो नागरिकहरुले ज्यान गुमाइरहेका छन । त्यस्तै भोकमरीको अवस्था पनि सिर्जना भएको छ ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले इजरायली सेनाले गाजाको डेइर अल–बलाह शहरमा रहेको डब्ल्यूएचओ सङ्गठनका कर्मचारीको घर र प्रमुख गोदाममा आक्रमण गरेको आरोप लगाएको छ ।
हिजो भएको हवाई आक्रमणका कारण आगलागीसमेत भएको र जसले कर्मचारी र उनीहरूका परिवारहरूलाई ठूलो जोखिममा पारेको छ ।
























