काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी

2.12K
shares

चीनको पश्चिमी प्रान्त सिछुवानको गान्जी तिब्बती स्वायत्त जिल्लाको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । गान्जी उच्च स्थानस्थित उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जङ्गलका कारण प्रसिद्ध छ ।

गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउण्उटेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रमअन्तर्गत त्यहाँका तस्बिरहरूको गत बिहीबारदेखि यहाँस्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा प्रदर्शनी भइरहेको छ ।

सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेका अनुसार चीनको नेपाल नेसनल पभेलियनको सहयोगमा गान्जीका २६ वटा तस्बिर समावेश छन् । गान्जीका तस्बिरको  प्रदर्शनी छ महिनासम्म रहने छ ।