काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णाली प्रदेशलाई तुइनमुक्त बनाउने तयारीमा प्रदेश सरकार

2.56K
shares

कर्णालीमा अझै पनि दर्जनौं तुइन रहेका छन्। यसलाई हटाउन प्रदेश सरकारले तुइन विस्थापित गर्दै झोलुंगे पुल निर्माण गर्ने योजनाअनुरुप विवरण माग गरेको थियो।

चालु वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीतिअनुरूप तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण गर्न लागिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले तुइनको विवरण माग गरेको थियो। दश वटै जिल्लाबाट गरेर ५० तुइनको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए।

पूर्वाधार विकास कार्यालय र मन्त्रालयको इमेलमा विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ। सात जिल्लाबाट विवरण प्राप्त भएका छन्। कालिकोटबाट र जाजरकोटबाट १२–१२ वटा, दैलेख र मुगुबाट दुई–दुई वटा डोल्पाबाट तीन वटा, हुम्लाबाट १५ वटा र सुर्खेतबाट आठवटा तुइन रहेको सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले तुइन विस्थापन अभियान सञ्चालन गर्ने र कहीँ कतै तुइन सञ्चालन भएको जानकारी भए जानकारी गराउन गत जेठ २६ गते सूचना जारी गरेको थियो।

प्राप्त विवरणका आधारमा विस्तृत विवरण तयार पारिनेछ। सम्बन्धित जिल्लाको पूर्वाधार विकास कार्यालयलाई स्थलगत रुपमा अनुगमन गरेर विस्तृत विवरण माग गरिएको हो।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा तुइन विस्थापन गर्ने कुरालाई समेटेको छ । विस्तृत विवरणमा तुइन रहेको नदी र खोलाको नाम, तुइन रहेको स्थान (जिल्ला) को नाम, दूरी तथा उक्त तुइन प्रयोग गर्ने जनसंख्याको विवरण अनिवार्य गरिएको छ ।

चालु वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत तुइन विस्थापन गर्ने योजना समावेश गरिएको छ। बजेट विनियोजन गरेर सरकारले तुइन विस्थापनको योजना कार्यान्वयन गर्न लागेको छ। चालु आर्थिक वर्षमा उक्त शीर्षकमा एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ। जनसंख्या भूगोललगायत विषय समेटेर यथार्थ विवरण संकलन गरिनेछ। कर्णालीका ग्रामीण भेगमा मानवीय जोखिम मानिने तुइन प्रयोग भइरहेका छन्