global ime bank Long Banner Ad

गृहपृष्ठ आगलागीमा परेर एक महिलाको मृत्यु

आगलागीमा परेर एक महिलाको मृत्यु

आगलागीमा परेर एक महिलाको मृत्यु

काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली–३ घर भइ हाल काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीमा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

दिउँसो तामाङको कोठामा आगलागी भएको थियो । खबर प्राप्त भएलगत्तै प्रहरी टोली आगो निभाउन खटिएको थियो । तामाङ कोठामै मृत भेटिएकी हुन् । आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

आगलागीको कारण भने खुल्न सकेको छैन । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको छ ।

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु