global ime bank Long Banner Ad

गृहपृष्ठ गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका सहित २३ जनाको मृत्यु भएको बताएको छ ।

गाजामा शासन गर्ने हमासले कतारमा युद्धविराम वार्ताको एक हिस्साका रूपमा १० इजरायली बन्धकलाई रिहा गर्न इच्छुक रहेको घोषणा गरेको केही घण्टापछि आक्रमणको शृङ्खला आएको हो ।

एजेन्सीले बुधबार गाजामा २६, मङ्गलबार २९ र सोमबार १२ जनाको मृत्यु भएको बताएको छ ।

एजेन्सीका अधिकारी मोहम्मद अल–मुगैरले मध्य र दक्षिणी गाजामा बम विस्फोटको पछिल्लो लहर आएको र सबैभन्दा घातक देइर अल–बलाहमा १२ जनाको मृत्यु भएको बताए । मृतकमध्ये आठ बालबालिका र दुई महिला थिए ।

नुसिरात शिविरमा छुट्टै आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने मध्य गाजाको बुरेज शिविरमा चार जनाको ज्यान गएको छ ।

दक्षिणमा खान युनिसको अल–मवासी क्षेत्रमा पालमा बसेका पाँच जना व्यक्ति रहेको उनले बताए । इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन ।

प्रकाशित समय : १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु