global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वमन्त्री रेग्मीको निधन

पूर्वमन्त्री रेग्मीको निधन

पूर्वमन्त्री रेग्मीको निधन
पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । नेपालको पहिलो संसद्मा पाल्पाबाट निर्वाचित हुनुभएका पुराना राजनीतिज्ञ रेग्मीको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।
 पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत थिए । उनि पछिल्लो समय अस्वस्थ थिए । काठमाडौँ मध्यबानेश्वरमा बस्दै आए पनि केही समय अघि अष्ट्रेलिया जानुभएका रेग्मीको उतै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालको पाल्पा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उनि अत्याधिक मतका साथ विजयी भएमका थिए । रेग्मी २०३४ सालमा पञ्चायती व्यवस्थाको समर्थक भएर मन्त्री समेत भएका थिए ।
पाल्पाका शिक्षाविद् डा रामप्रसाद ज्ञवालीका अनुसार रेग्मीको निधनले देशले एक असल राजनीतिज्ञ गुमाएको बताए। उनले भने, “रेग्मी मेरो फुपुको छोरा छन, आमाको निधनपछि मेरै घरमा बसेर २०१५ मा संसदीय चुनाव लड्नुभयो र विजयी पनि हुनुभयो । पछि उहाँ पञ्चायतमा गएर २०३३/०३४ मा मन्त्री पनि बन्नुभयो ।”
रेग्मी कांग्रेसको सह–महामन्त्री समेत बनेका थिए । मन्त्री बनेपछि उनि विस्तार राजनीतिबाट निष्क्रिय हुँदै आध्यात्मिकतर्फ लागेको डा ज्ञवाली बताउछन । उनको श्रीमती, तीन छोरी र एक छोरा छन ।

प्रकाशित समय : १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु