global ime bank Long Banner Ad

गृहपृष्ठ हेमबहादुर मल्ल सम्मान पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई प्रदान गरिने

हेमबहादुर मल्ल सम्मान पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई प्रदान गरिने

हेमबहादुर मल्ल सम्मान पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई प्रदान गरिने

काठमाडौं । नेपाल जन–प्रशासन संघले यस वर्ष हेमबहादुर मल्ल सम्मान–२०८० पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी संघका अध्यक्ष मधु रमण आचार्यलेहेमबहादुर मल्ल सम्मान २०८० पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने जानकारी गराएका हुन् ।

श्रेष्ठले न्यायिक नेतृत्व र संस्थागत विकासमा पुरÞ्याएको अनुकरणीय योगदानको लागिसम्मान गर्न लागेको उनले बताए ।

उनको अनुसार अभिनन्दनपत्र सहित नगद दुई लाख रुपैंया सहित विशेष समारोह बीच आगामी २०८२ आषाढ २६ गते सम्मान गरिने छ ।

उनले भने,‘नेपाल जन–प्रशासन संघले यस वर्ष हेमबहादुर मल्ल सम्मान पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ । न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्याउनु भएको अनुकरणीय योगदानको लागि उहाँलाई सो सम्मान दिइने भएको हो । उहाँलाई सो सम्मान विशेष समारोह बीच आगामी २०८२ आषाढ २६ गते बिहीबार अर्पण गरिनेछ । सो अभिनन्दनपत्रसहित नगद दुई लाख रुपैंया रहेको छ ।’
कल्याण श्रेष्ठ यो सम्मान प्राप्त गर्ने एक्काईसौं व्यक्ति हुनेछन् ।

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु