गृहपृष्ठ बीमा क्षेत्रमा बीमा सचेतना तथा प्रवर्द्धनात्मक कार्य गरिने
बीमा क्षेत्रमा बीमा सचेतना तथा प्रवर्द्धनात्मक कार्य गरिने
बीमा क्षेत्रको पहुँच बढाउनका नेपाल बीमा प्राधिकरणले बीमा सचेतना तथा बीमा प्रवर्द्धनात्मक कार्य गरिने बताएको छ । आज आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।
लघु तथा कृषि बीमालाई प्राथमिकतामा राख्दै, दुर्गम तथा भौगोलिक रुपमा विकट क्षेत्रहरुमा सचेतना मार्फत बीमाको पहुँच वृद्धि गर्ने जनाइएको छ ।
बीमा व्यवसायको विकास र विस्तारका लागि प्रदेश, स्थानीय तह, निजी क्षेत्र र सरोकारवाला निकायसँग सहकार्य गर्ने, विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा बीमा सम्बन्धी विषय समावेश गर्ने, बीमा सचेतना अभिवृद्धिका लागि आवश्यक अध्ययन, अनुसन्धान तथा कार्यक्रम संचालन गर्ने र सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बीमा गर्ने व्यवस्था मिलाउने जनाएका हुन् ।
प्रकाशित समय : १७:१३ बजे


















