global ime bank Long Banner Ad

गृहपृष्ठ चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन ।  जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत खर्च भएको छ ।

चितवन बिकासका लागि प्राप्त १० अर्ब २१ करोड ८५ लाखमध्ये पाँच  अर्ब ९६ करोड ९३ लाख खर्च भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भिमार्जुन ज्ञवालीले पूँजीगततर्फ बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम सम्पन्न नहुनु मुख्य रहेको बताए। उनले भने “बोलपत्रदाताले कम रकममा ठेक्का सकार्नु र निर्माणको काम ढिला हुनु मुख्य रहेको छ ।”

चालुतर्फ १४ अर्ब १८ करोड ४८ लाखमध्ये १३ अर्ब ५० करोड ३७ लाख खर्च भएको छ । स्थानीय तहमा जाने अनुदान रकम चालु बजेटतर्फ आउने भएकाले चालु खर्चको रकम धेरै देखिने गरेको हो ।

प्रकाशित समय : १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु