global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी संसदीय व्यवस्थाको व्यापारी भएको छ : पूर्ण बस्नेत

माओवादी संसदीय व्यवस्थाको व्यापारी भएको छ : पूर्ण बस्नेत

माओवादी संसदीय व्यवस्थाको व्यापारी भएको छ : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा माओवादी केन्द्र संसदीय व्यवस्थाको व्यापारी भएको बताएका छन् ।

संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रणाली भन्दै माओवादीले संसदीय व्यवस्थाको भरमग्दुर दोहन गर्ने गरेको बस्नेतको टिप्पणी रहेको छ ।

बस्नेतले भने, ‘माओवादी चुनावमा एउटा दलसँग गठबन्धन गर्छ । सरकार बनाउन अर्को गठबन्धन र सरकार फेर्न फेरि अर्को गठबन्धन गर्छ । साना दलहरुलाई प्रयोग गर्छ । सरकार टिकाउन अन्य पार्टी फुटाउँछ । कसैसँग निहु खोज्न एउटा गठबन्धन गर्छ, आफै जाकिने भएपछि फेरि गठबन्धन फेर्छ । बाहिर जे भनेपनि संसदीय व्यवस्थामा सबैभन्दा बढी माओवादी रमाएको छ ।’

संसदीय व्यवस्थामा सुधार वा उपयुक्त विकल्प खोज्नुपर्ने माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको उनको आरोप छ ।

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु