गृहपृष्ठ चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेको छ ।

दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गरेको हो । पटक–पटक गरी २० हजारदेखि दुई लाखसम्म ऋण लिई व्यवसाय विस्तार गरे ।

हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको जानकारी दिए ।
लगनका साथ काम गरेमा सफलता हासिल हुने बताए । विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न सुझाए । सहकारीको सहयोगको पनि सराहना गरे ।

प्रकाशित समय : ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु