गृहपृष्ठ ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंकका प्रमुखको राजीनामा
ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंकका प्रमुखको राजीनामा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय रिजर्भ बैंकका प्रमुख जेरोम पावेलको राजीनामा माग गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्टमा लेख्दै भनेका छन्, ‘धेरै ढिलो भयो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ!’
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्षको रूपमा मनोनीत गरेका थिए।
ट्रम्पले ब्याजदर कटौती नगरेकोमा पावेलको बारम्बार आलोचना गर्दै आएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनलाई पदबाट हटाउने शक्ति छ कि छैन भन्ने कुरा स्पष्ट छैन।
पावेलको बारम्बार आलोचना गरे तापनि, राष्ट्रपतिले यस वर्षको सुरुमा पावेललाई बर्खास्त गर्ने उनको कुनै मनसाय नभएको बताएका थिए।
प्रकाशित समय : १०:५५ बजे


















