गृहपृष्ठ नाडाका प्रतिनिधि मण्डल र यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलबीच भेट
नाडाका प्रतिनिधि मण्डल र यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलबीच भेट
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरेको छ । उक्त भेटमा उनीहरुबीच अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको हो । भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले त्यस विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञाशा राख्दै विभागले नाडाले गरेको अध्ययन र तयारीको प्रशंसा गर्नुका साथै अध्यक्ष चौधरीले उक्त प्रस्तावित निर्देशिकामा भएका बुँदाहरुबारे नाडा र विभागबीच विस्तृत छलफलगरी अघि बढनु पर्ने धारणा राखे ।
उक्त छलफलमा उपस्थित भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरुको विषयमा थप छलफल गरिनु पर्ने आवश्यकता रहेको बताए । निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनु पर्ने आवश्यकता रहेको बताए ।
यसैक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरुलाई दण्डित गर्नु पर्ने र सही कार्य गर्नेहरुलाई पुरस्कृत गर्नु पर्ने धारणा राखे । यसैक्रममा महासचिव उपे्रतीले नेपाल मै व्याट्री उद्योगहरुको स्थापना भइसकेको जानकारी दिए ।
भेटघाट तथा छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले प्रस्तावित निर्देशिका तयार पार्न सयुक्त राष्ट्र र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा समेत अध्ययन गरिएको बताए । महानिर्देशक पोखरेलले यस विषयमा नाडा जस्तो मुख्य सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बतादै नेपालमा अहिलेसम्म सवारी साधन आयात सम्बन्धी कुनै स्पष्ट नियम नभएकोले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भईरहेको बताए । सोही क्रममा महानिर्देशक पोखरेलले यस विषयमा नाडासंग सहकार्य गरेर अघि बढ्ने बताए ।
प्रकाशित समय : १८:२८ बजे





















